Byroad News

Loading...

तास खेलिरहेका ११ जना पक्राउ


तास खेलिरहेका ११ जना पक्राउ

दमक/२३ असार
झापाको दमकबाट तास खेलिरहेका ११ जना पक्राउ परेका छन् । प्रहरीले साढे सात लाख रुपियाँसहित उनीहरूलाई पक्राउ गरेको हो।

दमक नगरपालिका वडा नं ८ स्थित थिरराज खतिवडाको घरमा तास खेलिरहेको अवस्थामा हिजो इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीसहितको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीले पक्राउ परेकाहरुको साथबाट ६ बुक ताससहित ७ लाख ४५ हजार ५ सय रुपियाँसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनु भयो । 

Comments

KATHMANDU WEATHER