Byroad News

Loading...

आजदेखि फेरि ठूलो पानी पर्ने मौसम विद्हरुको पूर्व अनुमान


आजदेखि फेरि ठूलो पानी पर्ने मौसम विद्हरुको पूर्व अनुमान

काठमाडौं/२३ असार
नेपालमा आज (बुधबार) देखि फेरि बर्षा थप सक्रिय हुने मौसमविदले पूर्व अनुमान लगाउनु भएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको मौसमविदले जानकारी दिनु भएको छ । प्रदेश–१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका अधिकांश भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ का केही स्थान धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

यसैबीच, काठमाडौंमा १२ बजेपछि वर्षा हुने सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनु भयो । 

भारी र धेरै भारी वर्षाको सम्भावना रहेका प्रदेशको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन, यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् अर्यालको आग्रह छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान                       

आज २०७८ असार २३ गते (बुधबार)

दिउँसो: देशका अधिकांश भूभागहरूमा सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरुमा तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २,  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा  मेघ गर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक वा दुई स्थान धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशका अधिकांश भूभागहरूमा सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २,  बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा  मेघ गर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ  । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

भोलि २०७८ असार २४ गते (बिहिबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २,  बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ  । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ  । सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

२०७८ असार २५ गते (शुक्रबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ  भने सुदुर पश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरुमा तथा सुदूरपश्चिम  प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १ वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थान धेरै भारी वर्षाको सम्भावना रहेको  देखिन्छ। त्यसैले उक्त प्रदेशहरुको पहाडी भू—भागमा भू—क्षय, पहिरो तथा गेग्रान  बहाव (मभदचष्क ायिध) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

Comments

KATHMANDU WEATHER