Byroad News

Loading...

रोकिएको जनगणना असोज १ देखि १५ गतेसम्म गर्ने प्रस्ताव


रोकिएको जनगणना असोज १ देखि १५ गतेसम्म गर्ने प्रस्ताव

काठमाडौं/२२ असार
८ असार २०७८ मा सम्पन्न हुनुपर्ने जनगणना २०७८ आगामी १ असोजदेखि १५ असोजसम्म हुने गरी प्रस्ताव गरिएको छ । केन्द्रीय तथ्यांक विभागले जनगणना सम्पन्न हुने पर्ने गरी तोकिएको समयभन्दा धेरै पर सार्न नहुने गरी जनगणनाको मूलगणना १ असोजदेखि १५ असोजसम्म गर्न प्रस्ताव गरेको हो ।

केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार जनगणनाको मिति तोक्ने काम मन्त्रिपरिषद्ले गर्ने छ । लामिछानेका अनुसार एक हप्ताभित्र नयाँ मिति घोषणा हुनेछ । 

यस अघि वर्षा लाग्नु पूर्व नै भैसक्थ्यो तर, यो पटक कोरोना भाइरसको महामारीका कारण तोकिएको समयमा जनगणना हुन सकेन । सोहीकारण जनगणना अनिश्चित कालका लागि बन्द गरिएको थियो ।

तर, विभागले भने महामारी केही कम भएको भन्दै साउनबाटै तयारी थाल्ने तयारी गरेको छ । 

Comments

KATHMANDU WEATHER