काठमाडौं/२२ असार
नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठकमा आज (मंगलबार) पनि कुनै सहमति हुन सकेन ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा असहमतिका विषयमा खुला छलफल भए पनि सहमति नभएको कार्यदलका एक सदस्यले बताउनु भयो । बैठक बुधबार विहान साढे ८ बजे फेरि बस्नेछ ।
आज भएको छलफलमा पछिल्लो समय विवादित दुई मुख्य विषयमा केन्द्रीत भएर छलफल भइरहेको एक नेताले जानकारी दिनुभयो ।
एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दिएको रिटबाट एमाले सांसदहरुले हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राखेको छ ।
माधवकुमार नेपाल पक्षले भने एमालेको पार्टी कमिटी माओवादी केन्द्रसँग एकता हुनुअघिको अवस्था अर्थात् २ जेठ २०७५ मा फर्किनुपर्ने अडान राखेका छन् ।
पार्टीभित्र विवाद बढेपछि निष्क्रिय बनेको कार्यदलको बैठक सोमबारदेखि सुरु भएको छ । सोमबार विगतको समीक्षा गरेर सकिएको छलफलमा मंगलबारदेखि विषयमा केन्द्रीत भई छलफल भएको एक नेताले जानकारी दिनुभयो ।
कार्यदलमा अध्यक्ष केपी शर्मा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य हुनुहुन्छ ।
-
8 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments