Byroad News

Loading...

थाहामा कोरोना: सुचिकृत गरेकै दिन कति थपिए संक्रमित


थाहामा कोरोना: सुचिकृत गरेकै दिन कति थपिए संक्रमित

थाहानगर/२१ असार
थाहानगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको सोमबार बसेको बैठकले थाहानगरका विभिन्न नौ वटा टोलहरुलाई "कोभिड जोखिम" टोलको रुपमा सुचिकृत गरेको छ ।

बैठकले जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेधाज्ञाको पूर्ण पालना गर्ने/गराउने निर्णय गर्दै विभिन्न टोलहरुलाई जोखिम क्षेत्रको रुपमा सुचिकृत गरेको हो ।

बैठकले थाहा नगरपालिका वडा नम्बर १ को कुन्छाल, २ को पालुङ र भाङखोरिया, ३ को घर्तिखोला, ५ को तसर र फुर्के, ६ को सरस्वती बजार र ढल्ट, ११ को नौखण्डे र १२ को तारुका गाउँलाई जोखिम क्षेत्रको रुपमा सुचिकृत गरिएको हो ।

हरेक दिन संक्रमितको संख्या थपिदै गएको तर परिक्षणका लागि आउनेको संख्या भने न्यून हुँदै गए पछि संक्रमण दर बढेका टोलहरुलाई जोखिम क्षेत्रको रुपमा सुचिकृत गरिएको हो ।

सोमबार १३ जनामा कोरोना परिक्षण गरिएकोमा ५ जना अर्थात् ३८.४६ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । यो समेत गरि थाहानगरमा १८६ जना सक्रिय संक्रमितको संख्या पुगेको छ । सोमबार वडा नं. १ मा २, वडा नम्बर ९ मा २ र वडा नम्बर १० मा १ जना थपिएका हुन् ।

Comments

KATHMANDU WEATHER