Byroad News

Loading...

पैसा फिर्ता नदिएको भन्दै पूर्वमन्त्री साहविरुद्ध प्रहरीमा उजुरी


पैसा फिर्ता नदिएको भन्दै पूर्वमन्त्री साहविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं/२१ असार
एमाले नेता एवं पूर्वमन्त्री प्रभु साहविरुद्ध प्रहरी वृत्त, बानेश्वरमा ठाडो उजुरी परेको छ ।

विदेश पठाइदिने भन्दै लिएको पैसा फिर्ता नदिएको आरोप लगाउँदै प्रहरीमा उजुरी परेको हो ।

बानेश्वरका डीएसपी मिमबहादुर लामाका अनुसार ३० लाख रुपियाँ लगेकोमा १० लाख फिर्ता गरेका र थप पैसा बाँकी रहेको बताउँदै ठाडो उजुरी परेको छ ।

प्रहरीका अनुसार बाँसबारीकी दीपा कुँवर नामकी महिलाले निवेदन दिनु भएको हो । सामान्ययता प्रहरीले ठाडो उजुरीमा दुवै पक्षलाई बोलाएर छलफल गराउने गर्छ । तर आरोपित भीआईपी भएकाले प्रहरीले पूर्वमन्त्रीलाई सोधपुछका लागि बोलाएको छैन ।

Comments

KATHMANDU WEATHER