थाहानगर/२१ असार
थाहानगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको सोमबार बसेको बैठकले थाहानगरका विभिन्न नौ वटा टोलहरुलाई "कोभिड जोखिम" टोलको रुपमा सुचिकृत गरेको छ ।
बैठकले जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेधाज्ञाको पूर्ण पालना गर्ने/गराउने निर्णय गर्दै विभिन्न टोलहरुलाई जोखिम क्षेत्रको रुपमा सुचिकृत गरेको हो ।
बैठकले थाहा नगरपालिका वडा नम्बर १ को कुन्छाल, २ को पालुङ र भाङखोरिया, ३ को घर्तिखोला, ५ को तसर र फुर्के, ६ को सरस्वती बजार र ढल्ट, ११ को नौखण्डे र १२ को तारुका गाउँलाई जोखिम क्षेत्रको रुपमा सुचिकृत गरिएको हो ।
ती क्षेत्रहरुमा मेयरसहित निर्देशन समितिको टोली गई चेतनामूलक कर्यक्रम गर्ने र आवश्यकता अनुसार कोरोना परिक्षणको दायरा समेत बढाउने निर्णय गरेको छ ।
थाहामा हालसम्म १९५४ जनामा कोरोना परिक्षण गर्दा ९११ जनामा पुष्टि भएको छ । तीमध्ये अझै १८१ जना सक्रिय संक्रमित छन् ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments