काठमाडौं/२१ असार
संसद विघटनसम्बन्धी रिटको फैसला असार २८ गते हुने भएको छ ।
सोमबार रिट पक्षीयको जवाफ र एमिकस क्युरीको धारणा सुनेपछि सर्वोच्च अदालतले असार २८ गते फैसला सुनाउने भएको हो ।
संसद विघटन मुद्दामा एमिकस क्युरीका चार जनाले धारणा राख्नु भएको हो । उहाँहरुका लागि दुई घन्टा समय छुट्याइएको थियो।
यसअघि सोमबार नै रिट निवदेकका तर्फबाट वकिलहरूले जवाफी बहस गर्नु भएको थियो । वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, शम्भु थापा र बद्रीबहादुर कार्कीले जवाफी बहस गर्नु भएको हो ।
Featured News
-
6 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments