काठमाडौं/२१ असार
चिनियाँ कम्युनिस्ट पार्टीले आफू १ सय वर्ष पूरा गरेको अवसरमा नेपालको सत्तारुढ नेकपा एमालेलगायत राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने भएको छ।
भोलि (मंगलबार) उसले नेपालका राजनीतिक दलका नेताहरुसँग ‘भर्चुअल’ छलफल गर्न लागेको एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त छलफलमा चिनियाँ राष्ट्रपति सी जिनफिङ पनि सामेल हुनुहुनेछ ।
नेपालका तर्फबाट ओली, प्रमुख विपक्षी दल विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत पनि उक्त छलफलमा सहभागी हुनुहुनेछ ।
चिनियाँ कम्युनिस्ट पार्टीले यही असार १८ गते पार्टी स्थापनाको १ सय वर्ष मनाइएको थियो।
Featured News
-
6 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments