Byroad News

Loading...

मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक


मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं/२१ असार
निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले पहिलो चरणको निर्वाचनका लागि असोज २० गते उम्मेदवारी मनोनयन र असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तयार गरेको हो ।

दोस्रो चरणको निर्वाचनका लागि असोज ३१ गते मनोनयन दर्ता गर्ने र कात्तिक ५ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगको कार्यतालिका छ ।

सरकारले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ गते पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरणको निर्वाचन घोषण गरेको थियो ।

Comments

KATHMANDU WEATHER