Byroad News

Loading...

थाहामा कोरोना: आइतबार पनि ६ जना संक्रमित थपिए


थाहामा कोरोना: आइतबार पनि ६ जना संक्रमित थपिए

थाहानगर/२० असार
देशव्यापी कोरोना संक्रमितको दर घट्दै गएपछि निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्दै खुकुलो बनाउदै गर्दा मकवानपुरको थाहानगरमा भने संक्रमण दर घट्ने कुनै संकेत देखिएको छैन तर यहाँ पनि निषेधाज्ञा खुकुलो बनाइसकेको छ ।

आइतबार थाहानगरमा कुल १७ जनामा कोरोना परिक्षण गरिएकोमा ६ जना अर्थात ३५.२९ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । जबकी विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार १० प्रतिशत भन्दा बढी भएपछि असामान्य मानिन्छ । थाहानगरमा आइतबारसम्म कुल १९५४ जनामा परिक्षण गरिएकोमा ९११ मा पुष्टि भएको छ । जुन ४६.६२ प्रतिशत हुन्छ । तीमध्ये ७१८ जना निको भैसकेका छन् । नगरको तथ्यांक अनुसार १२ जनाको मृत्युु भएको छ । ५३ जना थाहानगर बाहिर उपचाररत छन् । ११ जना बज्रबाराही आइसोलेसनमा छन् । ११७ जना होम आइसोलेसनमा छन् ।

तर, जिल्ला प्रशासन कार्यालयले विभिन्न मापदण्ड तोकेर असार मशान्तसम्म निषेधाज्ञा जारी गरिए पनि थाहानगरमा प्रभाव न्यून हुँदै गएको छ । प्राय: सबै पसलहरु खुलेका छन् । सरकारी कार्यालयहरुले प्राय: सेवा दिन थालिसकेका छन् । लामो दूरी बाहेकका सार्वजनिक यातायातहरु समेत चलिसकेका छन् । थाहानगर बाहिरबाट त्रिभुवन राजपथ हुँदै काठमाडौं आउजाउ गर्ने सवारीको चाप बढेपछी अझ कोरोनाको जोखिम बढेको छ ।

यसै विषयमा भोलि सोमबार थाहानगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको बैठक आव्हान गरिएको छ । तर, बैठकले जिल्ला प्रशासन कार्यालय कै निर्णयलाई कार्यान्वयन गर्ने प्रस्तावमा मात्रै छलफल केन्द्रीत गर्न सम्भावना रहेको बुझिएको छ ।  

Comments

KATHMANDU WEATHER