धनगढी/२० असार
धनगढीमा चिकित्सकको स्वीकृतिबिना औषधि खरिद बिक्री गर्ने दुई जनालाई प्रहरीले आज (आइतबार) पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१३ का सोमराज जोशी र धनगढी–५ का करन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार जोशीलाई धनगढी–१ एलएन चोकमा जाँच गर्ने क्रममा निजहरुको साथबाट चिकित्सकको स्वीकृति बिना खरिद गरेको स्पास्मो लेखेको २० ट्याब्लेट, पर्लिन–७५ लेखेको दुई क्याप्सुल, र प्रेग्यास्टार-१५० लेखेको १२ क्याप्सुल बरामद भएको थियो । उक्त औषधि सेवन गर्नको लागि धनगढी-१ स्थित सन्तोष मेडिको प्रालिबाट खरिद गरेको खुल्न आएको हो ।
त्यस्तै चिकित्सकको स्वीकृति बिना औषधि बिक्री वितरण गर्ने सो मेडिको प्रालिमा खानतलासी गर्दा ती औषधिसहित सोही प्रालिमा काम गर्ने चौधरीलाई पक्राउ गरिएको प्रनाउ विष्टले बताउनु भयो । बरामद औषधि तथा निज जोशी र चौधरीलाई आवश्यक कारवाहीका लागि औषधि व्यवस्था विभाग नेपालगञ्ज पठाइने प्रहरीले जनाएको छ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments