काठमाडौं/२० असार
काठमाडौँ उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर-बिजोर प्रणाली हटाउँदै निषेधाज्ञालाई जारी राखिएको छ।
काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज आइतबार बसेको बैठकले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको हो ।
जोर विजोर प्रणाली हटेको र अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताउनु भयो ।
उहाँकाअनुसार अब अनुमति लिएर काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्न पनि दिइनेछ। तर जिल्ला प्रशासन कार्यालयबाट अनुमति भने लिनु पर्नेछ।
सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।
सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने भएको छ। यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो।
-
6 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments