Byroad News

Loading...

हेटौंडाको नेम ईन्टिच्युटले एसईई दिएर बसेका विद्यार्थीहरुलाई निःशुल्क ब्रिज कोर्ष पढाउने


हेटौंडाको नेम ईन्टिच्युटले एसईई दिएर बसेका विद्यार्थीहरुलाई निःशुल्क ब्रिज कोर्ष पढाउने

हेटौंडा/२० असार
मकवानपुरको हेटौंडा स्थित नेम ईन्टिच्युटले एसईई दिएर बसेका विद्यार्थीहरुलाई अनलाईन मार्फत निःशुल्क ब्रिज कोर्ष पढाउने भएको छ ।

आज(आइतबार) हेटौंडा स्थित न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ईन्टिच्युटले एसईई दिएर बसेका विद्यार्थीहरुलाई निःशुल्क ब्रिज कोर्ष गराउने तयारी गरेको ईन्टिच्युटका संचालक किशोर अर्यालले बताउनु भयो । कोरोना संक्रमण जोखिमको कारण निषेधाज्ञाले घरमै बसेका विद्यार्थीहरु मद्दत होस् भन्ने उद्देश्यले ईन्स्टिच्युटले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत अनलाईन मार्फत देशभरका विद्यार्थीहरु निःशुल्क ब्रिज कोर्ष गराउने तयारी गरेको संचालक अर्याले बताउनु भयो । उहाँले एसईई दिएका विद्यार्थीलाई विज्ञान र व्यवस्थापन संकायको ब्रिज कोर्षको अनलाइन कक्षा नि:शुल्क संचालन गर्ने बताउनु भयो ।

अर्यालका अनुसार एक विद्यार्थीलाई १५ हजार खर्च हुने ब्रिज कोर्ष निःशुल्क संचालन गर्न लागिएको हो । इमान्दार र लगनशिल विद्यार्थी मात्र उपस्थित होस् भनेर ५ सय रजिष्ट्रेशन शुल्क तोकिएको र उक्त शुल्क रकमले कक्षा संचालन अवधि भर शिक्षकका लागि इन्टरनेट जडान गरिदिने र अन्तिममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको लागि पुरस्कारको समेत व्यवस्था गरिएको संचालक अर्यालको भनाई छ ।

अर्यालका अनुसार ब्रिज कोर्ष लिन चाहने देशभरका विद्यार्थीले आउँदो असार २५ गते भित्र र्फम भर्न सकिने र समयमै फर्म भरेका विद्यार्थीहरुलाई इमेल मार्फत जुम आइडी र पासवर्ड जानकारी दिइनेछ । कोर्ष असार २७ गतेदेखि दैनिक बिहान ३ देखि ४ घण्टाको रहनेछ ।

Comments

KATHMANDU WEATHER