Byroad News

Loading...

प्रतिनिधिसभा विघटन मुद्दामा सभामुखतर्फको बहस सकियो


प्रतिनिधिसभा विघटन मुद्दामा सभामुखतर्फको बहस सकियो

काठमाडौं/२० असार
प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा सभामुख अग्निप्रसाद सापकोटाका तर्फका कानुन व्यवसायीको बहस सकिएको छ । 

आइतबार दुई घण्टा समय अवधिमा सभामुखको वरिष्ठ अधिवक्ता श्याम खरेल, उपेन्द्रकेशरी न्यौपाने, लव कुमार मैनाली, अधिवक्ता मेघराज पोखेरल र श्रीकृष्ण सुवेदीले बहस गर्नु भएको छ ।

सभामुख पक्षका कानुन व्यवसायीको बहस सकिएपछि निवेदक पक्षबाट जवाफी बहस सुरु गरिएको छ । वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले काँग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४७ जना सांसदको तर्फबाट आइतबार १ घण्टा जवाफ दिनु भएको छ ।

जवाफी बहसका लागि २ घण्टा दुई मिनेट समय बाँकी रहेको संवैधानिक इजलासमा जानकारी गराइएको छ । सोमबार वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले जवाफ दिनेछन् ।

Comments

KATHMANDU WEATHER