Byroad News

Loading...

हेटौँडाबाट लागुऔषध सुधार केन्द्र संचालकनै गाँजा सहित पक्राउ


हेटौँडाबाट लागुऔषध सुधार केन्द्र संचालकनै गाँजा सहित पक्राउ

थाहानगर/२० असार
लागु औषध सुधार केन्द्रकै सञ्चालक गाँजासहित पक्राउ परेका छन् । आज (आइतबार) पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ लाम्सुरेमा सुधारगृह सञ्चालन गरिरहेका दिपकला प्रतिस्ठान सुधार केन्द्रका सञ्चालक राजिव नरसिंह श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको अनुगमन टोलिले सुधार केन्द्रमा अनुगमन गर्ने क्रममा सोही सुधार केन्द्रका संचालक बस्ने कोठा भित्र प्रवेश गरी हेर्दा सोही केन्द्रका संचालक जिल्ला हेटौँडा ४ बस्ने बर्ष ३५ को राजिव नरसिंह श्रेष्ठ र र वडा नंबर ९ बस्ने बर्ष २८ को जोएल श्रेष्ठ समेतसंगै बसिरहेको अवस्थामा निजहरु उपर शंका लागी चेकजाँच गर्दा सोही केन्द्रका संचालक राजिव नरसिंह श्रेष्ठले लगाएको पाईन्टको खल्ती भीत्र प्लास्टिकले बेरी लुकाई छिपाई राखेको लागुऔषध गाँजा २ ग्राम र सोही कोठाको फित्तामा झुन्डाईरहेको लेदरको ज्याकेटमा लागुऔषध गाँजा १ ग्राम समेत गरी जम्मा ३ ग्राम लागुऔषध गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Comments

KATHMANDU WEATHER