थाहानगर/२० असार
अहिले थाहानगरको तरकारीजन्य आन्तरिक कर वार्षिक आधा करोड रुपियाँ छ । यो तत्कालीन रुपचन्द्र विष्टको अगुवाईमा वि.स. २०३२ साल बैशाख १ गतेदेखि सुरु भएको पाविस (पालुङ विकास समिति) मा स्व. कृष्णमान अमात्यको महत्वपूर्ण भूमिका रहेको चर्चा भएको छ ।
थाहा नगरपालिका १ ओखरबजार निवासी पञ्चायत विरुद्दका स्थानीय योद्धा कृष्णमान अमात्यको निधन भएको आज (आइतबार) १३ औं दिनको पुण्यतिथिको अवसरमा उहाँसङ्गै आन्दोलनमा सहभागी घनश्याम अमात्यले सो चर्चा गर्नु भएको हो । अमात्यले स्व. अमात्यकै घरमा बसी शिक्षाका लागि रुपचन्द्र विष्टसहित पाविसको अवधारणा तयार गरिएको बताउनु भयो ।
'छोरीलाई पढाउने जिन्दाबाद, छोरी नपढाउने मुर्दाबाद'को अभियानमा समेत स्व. अमात्यको ठूलो योगदान रहेको चर्चा गरिएको छ । त्यतिबेला देखि नै स्व. अमात्य शिक्षाको विकासमा निरन्तर लागिरहनु भएको स्मरण गर्दै उहाँको निधनले थाहाको शिक्षा क्षेत्रमा अपुरणीय क्षति भएको स्मरण गरिएको छ । हाल पनि उहाँ झम्केश्वरी माविको शिक्षक-अभिभावक संघका अध्यक्ष हुनुहुन्थ्यो । १३ औं दिनको पुण्य तिथिको अवसरमा नेकपा एमाले थाहा नगर कमिटीले श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो ।
-
6 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments