हेटौँडा/२० असार
मकवानपुरमा गएको दुई महिनाबाट जारी निषेधज्ञा फेरि १० दिन थपिने भएको छ । जिल्लामा संक्रमण पुष्टि हुनेको संख्या नघटेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले असार महिनाभर निषेधज्ञा थप गर्ने भएको हो ।
आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्लास्तरीय कोभिड–१९ व्यस्थापन समितिको बैठकले असार ३१ गतेसम्म निषेधज्ञा थप्नको लागि प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई सिफारिस गरेको छ ।
सोहि अनुसारको निषेधाज्ञा थपिने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रवक्ता देबचन्द्र गर्तौलाले जानकारी दिनुभयो । निषेधाज्ञाको मोडालिटी पुरानै रहने कार्यालयले जनाएको छ ।
Featured News
-
6 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments