काठमाडौं/१९ असार
प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुद्दाको फैसला हुँदासम्म प्रमुख प्रतिपक्षीको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर जजसको कायम रहन्छ ती नेता/कार्यकर्ता नहुने बताउनु भएको छ ।
शनिबार बालुवाटारमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मुद्दाको फैसला हुँदासम्म नेकपा एमाले ढाल्ने, प्रमुख प्रतिपक्षीको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर जजसको कायम रहन्छ ती पार्टी कार्यकर्ता होइनन्। त्यसले त कित्ताकाट गरिसक्यो नि ।'
त्यसैले सर्वोच्च अदालतको फैसलाअघि हस्ताक्षर फिर्ता गर्न उहाँले निर्देशन दिनुभएको छ ।
देउवालाई प्रधानमन्त्री बनाउनको लागि माधव झलनाथ समूहका २६ नेताले हस्ताक्षर गर्नु भएको छ ।
सर्वोच्चमा प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीमा शेरबहादुर देउवाको दाबी मुद्दा विचाराधीन छ।
यस्ता छन् बैठकले पारित गरेका पाँच बुँदे संगठनात्मक योजना:
१. असार मसान्तभित्र पार्टीको सदस्यता नविकरण गरिसक्नुपर्ने। साउन ५ गतेभित्र त्यसको अभिलेख पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने।
२. आगामी साउन २५/२६ पार्टीको विधान अधिवेशन काठमाडौंमा गर्ने, त्यसका निम्ति पार्टी अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिवको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संशोधन प्रस्ताव र बादलको संयोजकत्वमा व्यवस्थापन समिति गर्ने प्रस्ताव।
३. पार्टीका तल्लो तहका कमिटीहरूको अधिवेशन आगामी भदौ ५ गते वडास्तर र १५ गते पालिका स्तरको गर्ने प्रस्ताव प्रस्तुत।
४. पार्टीका केन्द्रीय तहका ३२ विभागमा रहने सदस्यको नाम प्रस्ताव गरे पनि अहिलेसम्म सिफारिस नआएकोले अविलम्ब पठाउन अनुरोध।
५. अब सिंगो मुलुक निर्वाचनमा जुट्नुपर्ने भएकोले त्यसका लागि जुट्न नेता/कार्यकर्तालाई अनुरोध।
-
6 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments