थाहानगर/१८ असार
थाहानगरमा शुक्रबार १० जनाको कोरोना परिक्षण गरिएकोमा ५ जनामा संक्रमण पुष्टि भएको छ । यो सहित थाहानगरमा कुल सक्रिय संक्रमितको संख्या १७२ जना पुगेको छ ।
यसैगरी, शुक्रबारसम्म आशा लाग्ने गरि निको हुनेको संख्या पनि बढेको छ । एकैदिन १२० जना निको भई कुल निको हुनेको संख्या ७१८ जना पुगेको छ ।
अब थाहानगर बाहिर विभिन्न अस्पतालहरुमा ५० जनाको उपचार भईरहेको छ भने बज्रबाराही आइसोलेसनमा ११ जना छन् । होम आइसोलेसनमा १११ जना छन् । अझै सबैभन्दा बढी वडा नम्बर १ मा ५७ जना र ६ मा ३८ जना सक्रिय संक्रमित छन् । अन्य वडाहरुमा न्यून हुँदै गएको तथ्यांकले देखाएको छ ।
Featured News
-
6 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments