काठमाडौं/१८ असार
नेकपा एमालेले माधवकुमार नेपाल पक्षलाई सोमबार साँझ पाँच बजेसम्म राष्ट्रपतिकहाँ बुझाएको हस्ताक्षर फिर्ता लिन आह्वान गरेको छ । आज (शुक्रबार) बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । माधव नेपाल पक्षका सांसदहरूले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भन्दै हस्ताक्षर बुझाउनु भएको थियो ।
त्यस्तै, आजको बैठकले कोरोनाभाइरसविरुद्धको खोप अविलम्ब उपलब्ध गराउन सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । बैठकले पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्य उपचारको जिम्मा लिएकोमा पार्टी अध्यक्षलाई धन्यवाद पनि दिएको छ । अब बैठक भोलि ३ बजे पुनः बस्ने जनाएको छ ।
Featured News
-
5 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments