थाहानगर/१८ असार
देशव्यापी कार्यक्रम अन्तर्गत नेपाल शिक्षक महासंघ थाहा नगर कमिटीले नगरपालिकामा धर्ना दिएको छ ।
महासंघ आवद्ध शिक्षक तथा कर्मचारीहरुले बिद्यालय कर्मचारी तथा वालविकास सहयोगी कार्यकर्ताहरुलाई संघीय सरकारले तोके बमोजिमको तलब माग गर्दै शुक्रबार थाहा नगरपालिका परिसरमा धर्ना दिनु भएको हो ।
संघीय सरकारले स्थानीय तहमार्फत् उपलब्ध गराउने गरी विद्यालयकर्मचारी तथा सहयोगी कार्यकर्ताहरुको तलब समायोजन गरे पनि स्थानीय तहले सोबमोजिम उपलब्ध नगराउने भएपछि शिक्षक महासंघले देशैभरिका स्थानीय तहमा आज धर्ना कार्यक्रम आयोजना गरेको हो ।
केन्द्रको कार्यक्रमलाई ऎक्यवद्दता जनाउदै थाहा नगर कमिटीले पनि थाहा नगरपालिकामा धर्ना दिइएको भएपनि आजै नगर प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली, शिक्षा शाखा प्रमुख शोभाकर रेग्मी कार्य विशेषले कार्यालय बाहिर हुनुहुन्थ्यो । उहाँहरु नभएपछि प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीमार्फत ज्ञापन पत्र बुझाइएको थियो ।
संघीय सरकारले आगामी आर्थिक वर्षबाट विद्यालय कर्मचारी र सहयोगी कार्यकर्ताहरुको मासिक पारिश्रमिक १५ हजार पुर्याउने घोषणा गरेको छ । विद्यालय कर्मचारीअन्तर्गत् लेखापाल, विद्यालय सहायक र कार्यालय सहयोगी पर्दछन् ।
-
5 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments