थाहानगर/१८ असार
थाहानगरमा अविरल परेको वर्षाले भित्री सडकहरु अवरुद्ध भएका छन् ।
वर्षाले दोबाटो-डाडाबास सडकको भुङ्दलमा कटान गरेपछी ठुला यातायात अवागमन अवरुद्ध भएको स्थलगत रिपोर्टिङबाट निरज रायमाझीले जानकारी दिनु भएको छ । सो सडक खण्ड २०७६ असार २७ गतेको बाढीले कटान गरेको थियो ।
यसैगरी, इन्द्रायणी मोटरबाटो हुँदै आग्रा जोड्ने बाटो पनि अवरुद्ध भएको छ । इन्द्रायणी वस्ती जोड्ने ह्युम पाइप डाइभर्सन बगाएपछि यातायात अवागमन अवरुद्द भएको छ । इन्द्रायणी चौर र त्रिवेणी हुँदै भित्र जाने बाटो खोलाले कटान गरेपछी यातायात अवरुद्ध भएको हो ।
त्रिभुवन राजपथको कुन्छाल-देउराली खण्ड राती अवरुद्ध भएकोमा पालुङ प्रहरीको सकृयतामा विहानै खुलेको छ । अहिले नौविसे-भैसे खण्ड पूर्ण रुपमा सुचारु रहेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो ।
तस्वीरमा: भुङ्दल खण्ड (निरज रायमाझीबाट)
-
5 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments