थाहानगर/१७ असार
थाहानगरमा कोरोना परिक्षण र संक्रमितको संख्या न्यून देखिए पनि संक्रमण दर भने उच्च रहेको छ ।
बिहीबार ४ जनाको मात्र परिक्षण भयो तर ३ जना अर्थात ७५ प्रतिशतमा संक्रमण देखियो । यो सहित थाहामा अहिले कुल सक्रिय संक्रमितको संख्या २८७ पुगेको छ ।
उता, सरकारी पक्षले भने निषेधाज्ञा खुकुलो बनाउदै लगेको छ । बजारमा अनुमती बेगरका सार्वजनिक यातायात निषेध गरिएको भएपनि बैंक र सरकारी कार्यालयहरु खुलेपछि अटोरिक्सा लगायतका सवारीसाधनहरुको चहलपहल पनि सुरु भएको छ ।
बढी भीडभाड हुने मालपोत र नापी कार्यालय समेतले सबै प्रकारका सेवा दिने निर्णय गरेपछि अब वडा कार्यालयहरु पनि खोल्न नैतिक दबाब परेको छ । यो अवस्थाले अझ संक्रमण उच्च हुने संकेत देखिएको छ ।
Featured News
-
5 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments