Byroad News

Loading...

आज (आइतबार)देखि मालपोतमा सबै सेवा सुचारु हुने


आज (आइतबार)देखि मालपोतमा सबै सेवा सुचारु हुने

थाहानगर/२० असार
मालपोत कार्यालय शिखरकोटले आज (आइतबार)देखि सबै प्रकारका सेवाहरु सुचारु गर्ने भएको छ ।

बिहीबार एक सूचना प्रकाशित गरि असार २० गतेदेखि अलगअलग बार र अलगअलग स्थानका सेवाग्राहीका लागि सबै प्रकारका सेवा दिइन लागेको बताएको हो ।

कार्यालय प्रमुख मधु लम्सालद्वारा जारी सूचना अनुसार आइतबार  र बुधबार थाहा नगरपालिका वडा नम्बर १, २, ३, ६ र ११ का लागि सेवा प्रदान गरिनेछ । यसैगरी, सोमबार र बिहीबार थाहा ९, १०, इन्द्रसरोवर गाउँपालिकाका सबै वडा र साबिक गोगने र डाडाखर्क गाविसका सेवाग्राहीका सेवा दिइने जनाएको छ । यसैगरी, मङ्गलबार र शुक्रबार थाहा नगरपालिकाको ४, ५, ७, ८ र १२ का सेवाग्राहीका लागि सेवा दिइने जनाएको छ ।

मालपोत कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई स्वास्थ्यका सम्पुर्ण मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गरिएको छ । मालपोत कार्यालयले गएको आइतबारदेखि बैंकसङ्ग सम्बन्धित सेवा मात्र दिइदै आएको थियो ।

Comments

KATHMANDU WEATHER