Byroad News

Loading...

छोरी जन्माउने परिवारलाई नगद पुरस्कार


छोरी जन्माउने परिवारलाई नगद पुरस्कार

मोरङ/१७ असार
मोरङको कानेपोखरी गाउँपालिकाले छोरी जन्माउने परिवारलाई पुरस्कृत गर्ने नीति लिएको छ ।

आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत दुई वा सो भन्दा बढी छोरी जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीका छोरीलाई जनही पाँच हजार पुरस्कार दिने निर्णय गरेको हो ।

गाउँपालिका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष सुशील बुढाथोकीका अनुसार पालिकाले दुई वा सो भन्दा बढी छोरी भइ स्थायी बन्ध्याकरण गर्ने दम्पतीको सम्मान स्वरुप छोरीहरुका नाममा जनही पाँच हजार दिने निर्णय भएको हो ।

पालिकाले गाउँपालिकाभित्र दाइजो नलिने दम्पतीलाई स्वघोषणा गरेर वडा कार्यालयको सिफारिसमा पुरस्कृत गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्षका लागि ७६ करोड ९६ लाख ३० हजार ३ सय ४१ रुपियाँ बराबरको बजेट ल्याएको पालिकाले दाइजो प्रथा र छोरी माथिको विभेद अन्त्यका लागि पुरस्कृत गर्ने योजना ल्याएको गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लले बताउनु भयो ।

Comments

KATHMANDU WEATHER