Byroad News

Loading...

एमाले बैठकमा झलनाथ खनाल र माधव नेपाललाई पनि निम्ता


एमाले बैठकमा झलनाथ खनाल र माधव नेपाललाई पनि निम्ता

काठमाडौं/१७ असार
नेकपा एमालेको बैठकमा सहभागी हुन वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहित सबैलाई पत्र पठाइएको छ । एमाले केन्द्रीय कमिटीको बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाइएको छ । अध्यक्ष केपी शर्मा ओलीले यसअघिका केहीबाहेक अधिकांश बैठकमा माधव नेपाल समूहका नेतालाई बोलाउनु भएको थिएन ।

तर, शुक्रबारको बैठकबारे सबैलाई पत्र पठाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनु भयो । ‘सबैलाई इमेल गरेर बैठकमा आउन पत्र पठाएको छु । टेलिफोनबाट पनि जानकारी गराउँछु’, तामाङको भनाई उदृत गर्दै अनलाइनले खबरले समाचार लेखेको छ । ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएसँगै नेता खनाल र नेपालसहित ११ जनालाई गरिएको कारबाही स्वतः निष्प्रभावी बनेको अध्यक्ष ओलीले जानकारी दिनु भएको छ ।

यसपछि बस्न लागेको बैठकमा सबैलाई बोलाइएको छ । १६ असारको बैठकमा कारबाही गरिएका ११ जना बाहेकलाई बोलाइएको थियो । तर माधव नेपाल समूहका नेताहरु उक्त बैठकमा उपस्थित रहनु भएन ।

माधव समूह अनुपस्थित भएपनि अध्यक्ष ओलीले एमालेमा रहेका पूर्वमाओवादी नेता र ३ जेठ २०७५ मा पार्टी एकता हुँदा थप भएका नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनित गर्नु भएको थियो । 

Comments

KATHMANDU WEATHER