Byroad News

Loading...

बाबा ग्यास उद्योगमा कयर खोला पस्यो


बाबा ग्यास उद्योगमा कयर खोला पस्यो

चितवन/१७ असार
खैरहनी नगरपालिका वडा नम्बर-१ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पुर्‍याएको छ । कयर खोलाले उद्योगमा क्षति पुर्‍याएको हो । उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धरै सिलिण्डर बगाएका छन् ।

कालाखेतीका अनुसार सिलिन्डर बगाएर सौराहासम्म पुर्याएको छ, १५ हजारसम्म सिलिन्डर रहने उद्योगमा के कति सिलिन्डर बगाएको यकिन भैनसके पनि बाढीले उद्योगमा क्षति भने पुर्याइएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले निरन्तरको वर्षाले पूर्वी चितवनको खैरहनीसँगै रत्ननगर, राप्ती र कालिका नगरपालिका प्रभावित भएको बताउनु भयो । स्थानीय खोलाहरु बढेर पुलहरु उच्च जोखिममा रहेको उहाँले बताउनु भयो । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि खटिएको छ ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार पूर्वी चितवनका खगेरी, कयर र लदरी खोलाले खैरहनी नगरपालिका वडा नम्बर १,२,३,८ र ९ सँगै रत्ननगर नगरपालिकाको वडा नम्बर ३ शान्ति चोक डुबानमा परेको छ ।

कतिपयलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ । लदरी खोलाको चैनपुर चोकबाट भित्र रहेको नयाँ पुल बाढीले बगाएको छ । लोथर र राप्ती खोलासमेत वढ्दै गएको भन्दै उहाँले सौराहा पनि डुवानको खतरामा रहेको डल्लाकोटीलाई उदृत गर्दै अनलाइन खबरले समाचार लेखेको छ ।

Comments

KATHMANDU WEATHER