Byroad News

Loading...

प्रतिकूल मौसमका कारण निर्देशन समितिको बैठक स्थगित


प्रतिकूल मौसमका कारण निर्देशन समितिको बैठक स्थगित

थाहानगर/१७ असार
गएरातीदेखिको अविरल वर्षाका कारण आज दिउँसो १२ बजे बस्ने भनिएको थाहानगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको बैठक स्थगित भएको छ ।

वर्षातका कारण स्थानीय खोलाहरुमा बाढीको सतह बढेपछी आउजाउमा अवरोध भएको भन्दै बैठक स्थगित गरिएको नगरपालिकाले जनाएको छ । बैठकमा थाहानगरमा कोरोना वृद्धिदर बढेको विषयमा गम्भीर समीक्षा गर्दै थप उपायका विषयमा छलफल गर्ने योजना थियो । थाहानगरका मेयर लवशेर विष्टका अनुसार अनुकूल मौसम भएमा आज स्थगन गरिएको बैठक भोलि बस्नेछ । 

Comments

KATHMANDU WEATHER