थाहानगर/१७ असार
बाइरोड अर्थात त्रिभुवन राजपथको कुन्छाल-देउराली सडक खण्डमा माथिबाट बगेर आएको लेदोका कारण अवरुद्ध सडक भर्खरै खुलेको छ ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाका अनुसार दामनबाट सडक विभागको जेसीभी त्यहाँ पुगेर लेदो हटाए पछि अवरोध हटेको हो ।
हेटौंडादेखि नौबिसेसम्मको खण्डक अन्य सबै क्षेत्रमा अबरोध छैन ।
यसैबीच, गएरातीदेखिको अविरल वर्षातका कारण थाहानगरका खोलाहरुमा बाढी आएको छ । बाढीका कारण भित्री बाटोहरुबाट आवतजावतमा अवरोध भएको छ । पालुङ, अङ्गारे, फेदिगाउ, दम्कीलगायतका स्थानहरुबाट मूख्य बजार आउजाउ गर्न असहज भएको छ । पालुङ खोलामा पानीको बहाव निक्कै बढेको छ । तस्वीर: पालुङ खोलामा बढेको बाढी
Featured News
-
5 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments