सर्लाही/१७ असार
सर्लाही सदरमुकाम मलंगवामा अबिरल वर्षाका कारण घर भत्किँदा सुतिरहेका तीन जना घाइते भएका छन् ।
मलंगवा-६ मा टायलले छाएको दुई तले कच्ची घर छानोसहित भत्किँदा घरमा सुतिरहेका १० जनामध्ये ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा ५० वर्षकी सुशीला देवी महरा, २६ वर्षकी रेखा देवी र दुई वर्षीया बालिका अर्चना रहेको प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिनुभयो ।
घाइतेहरूको स्थानीय स्वास्थ्य केन्द्रमै उपचार भइरहेको छ ।
Featured News
-
5 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments