Byroad News

Loading...

भर्चुअल चित्रकला प्रतियोगितामा महाचुनी उत्कृष्ट


भर्चुअल चित्रकला प्रतियोगितामा महाचुनी उत्कृष्ट

मञ्जरी बलामी/इन्द्रसरोवर/१७ असार
प्रविधिको प्रयोग गर्दै इन्द्रसरोवरमा सञ्चालित भर्चुअल चित्रकला प्रतियोगितामा महाचुनी मा.वि. उत्कृष्ट भएको छ । 

नेपाल राष्ट्रिय शिक्षक संगठन, इन्द्रसरोवर कमिटीको आयोजनामा बुधबार सञ्चालन भएको प्रतियोगितामा महाचुनी मा.वि. प्रथम र तृतीय भएको हो । 

असार १६ गते भएको प्रतियोगितामा महाचुनीको कक्षा ९ की छात्रा सुप्रिया लामा प्रथम, पन्चकन्या मा.वि.को कक्षा ६ की प्राची लामा द्वितीय र महाचुनीकै कक्षा १० का छात्र इशाक वि.क. तृतीय भएका हुन् ।

इन्द्रसरोवर गाउँपालिकाभित्रका कक्षा ६ देखि १० सम्मका छात्रा–छात्रहरूबिच अनलाइन जूम प्रविधि मार्फत गरिएको चित्रकला प्रतियोगितामा गाउँपालिका अन्तर्गतको ६ वटा मा.वि र १ आधारभूत विद्यालयका ९ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । 

प्रकृतिको विषयमा भएको प्रतियोगितामा शिक्षकहरु सहदेव कुमार रिमाल, संरचना शर्मा, सरस्वती थापा र आशा श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो । 

प्रतियोगितामा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कमिटी, मकवानपुरका अध्यक्ष श्रीराम दाहालको प्रमुख आतिथ्यता तथा इन्द्रसरोवर गाउँ शिक्षा समिति सदस्य देवकृष्ण पुडासैनीको विशिष्ट आतिथ्यता रहेको थियो ।

Comments

KATHMANDU WEATHER