Byroad News

Loading...

आज देशभर वर्षा, बाढी र पहिरोको जोखिम


आज देशभर वर्षा, बाढी र पहिरोको जोखिम

थाहानगर/१७ असार
आज बिहानैदेखि देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षा जारी रहेकाले बाढी र पहिरोको जोखिम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागको वर्षा पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायु सक्रिय रहेको छ। तराई भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ।

आज बिहान प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा  भईरहेको महाशाखाले जनाएको छ। बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानका साथै कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आगामी २४ घण्टा प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ।

Comments

KATHMANDU WEATHER