Byroad News

Loading...

जुलाई पहिलो प्रहर मै लियोको पदस्थापन सम्पन्न


जुलाई पहिलो प्रहर मै लियोको पदस्थापन सम्पन्न

थाहानगर/१६ असार
लियो क्लव अफ थाहा पिसको वर्ष २०२१/०२२ का लागि अध्यक्ष पदमा कमल विष्ट निर्वाचित भएसङ्गै जुलाई १ अर्थात असार १७ गते राती१२:०१ बजे पदस्थापन गरिएको छ ।

निर्वाचित नयाँ कार्यसमितिलाई साङ्केतिक रुपमा माइन्युट पुस्तिका, ग्यावल, घण्टी र आयव्यय हस्तान्तरण गरि पदस्थापन गरिएको हो । सम्भवत नेपालका चार वटै जिल्ला परिषदहरुका क्लवहरुमध्ये सबैभन्दा अगाडि पदस्थापन गरिएको हो ।

पस्दस्थापनमा बोल्नु हुँदै नव निर्वाचित अध्यक्ष कमल विष्टले थाहानगरमा मानवीय सेवासङ्गै युवाहरुलाई नेतृत्व विकासमा समेत सङ्गसङ्गै लैजाने बताउनु भएको छ ।

बुधबार साँझ भर्चुअल माध्यमबाट सम्पन्न साधारणसभाबाट विष्ट सर्वसम्मत निर्वाचित हुनु भएको थियो । यसैगरी निर्वाचित पदहरु प्रथम उपाध्यक्षमा सुजिता केसी र दृतीय उपाध्यक्षमा कल्याणी बस्नेत निर्वाचित हुनु भएको हो । निर्वाचन मण्डलका तर्फबाट लियोका संस्थापक अध्यक्ष अनित विष्टले उहाँहरु यस भोटको विधिबाट निर्वाचित हुनु भएको घोषणा गर्नु भएको हो । यसैगरि नव निर्वाचित अध्यक्ष विष्टले सचिवमा निशा विष्ट र कोषाध्यक्षमा रोशनी गोपालीलाई मनोनित गर्नु भएको छ ।

वर्ष २०२०/०२१ का अध्यक्ष सफल प्रधानको सभाध्यक्षतामा भएको साधारण सभामा लायन्स क्लव अफ थाहा पिसका सल्लाहकार भरत गोपाली, संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान, लायन्स क्लव अफ थाहा पिसका अध्यक्ष उद्दव विडारी, लियोका संस्थापक अध्यक्ष अनित विष्टले शुभकामना दिदै समाजमा लायन्स र लियोको महत्वका विषयमा प्रष्ट पार्नु भएको थियो । थाहानगरमा लायन्स र लियो पाँच वर्षअघि स्थापना भै विभिन्न सामाजिक क्रियाकलापहरुमा सकृय नेतृत्व प्रदान गर्दै आएको छ ।

Comments

KATHMANDU WEATHER