Byroad News

Loading...

थाहामा कोरोना: एकै दिन २५४ जना निको, तोकिएको समयमा मात्र पसल खोल्न प्रहरीको आग्रह


थाहामा कोरोना: एकै दिन २५४ जना निको, तोकिएको समयमा मात्र पसल खोल्न प्रहरीको आग्रह

थाहानगर/१६ असार
थाहानगरमा बुधबार सार्वजनिक कोभिड-१९ रिपोर्ट अनुसार एकै दिन २५४ जना निको भएका छन् । यो सहित बुधबारसम्म कुल निको हुनेको संख्या ५९८ जना पुगेको छ ।

बुधबारसम्ममा अब सक्रिय संक्रमितको संख्या २८४ बाकी छ । अझै थाहा १ मा ७५ जना, २ मा २७ जना, ३ मा २५ जना, ४ मा १३ जना, ५ मा ७ जना, ६ मा ४३ जना सक्रिय संक्रमित छन् । यसैगरी, ७ मा २ जना, ८ मा ४७ जना, ९ मा ११ जना, १० मा १ जना, ११ मा २० जना र १२ मा १० जना सक्रिय संक्रमित छन् । 

अब बज्रबाराही आइसोलेसनमा ११ जना छन् । थाहानगर बाहिर विभिन्न अस्पतालहरुमा ४९ जनाको उपचार भैरहेको छभने २२४ जना होम आइसोलेसनमा छन् । हालसम्म कोरोनाबाट ११ जनाको मृत्यु भएको छ ।

यसैबीच, बुधबार थाहानगरमा १३ जनाको एन्टीजेन परिक्षण गरिएकोमा ७ जनामा संक्रमण पुष्टि भइ ४८ प्रतिशतमा संक्रमण देखिएको छ । अन्यत्रको तुलनामा थाहामा भने संक्रमण दर उच्च देखिएको छ । 

यसैबीच, निको हुनेको संख्या बढेपछि थाहानगरका मेयर लवशेर विष्ट खुसी हुनु भएको छ, उहाँले बाइरोड न्युजसङ्ग कुरा गर्नु हुँदै अझै सक्रिय संक्रमित बिरामीहरुलाई सुरक्षित बस्न आग्रह गर्नु भएको छ । बिरामीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु हुँदै मेयर विष्टले बिरामीलाई कुनै समस्या परे तत्काल स्वास्थ्य केन्द्र पुर्याउन पनि आग्रह गर्नु भएको छ ।

उता, भोलि दिउसो १२ बजे नगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको बैठक बसी हालसम्मको कोरोनाको अवस्था बारे गम्भीर समीक्षा गर्दैछ । थाहानगरमा कोरोना संक्रमण दर उच्च भएको प्रति गम्भीर हुँदै न्यूनिकरणको उपाय अबलम्बन गर्न बैठक आयोजना गरिएको जनाएको छ । बैठकमा उच्च संक्रमण रहेका वडा नम्बर १, २, ३ र ६ नम्बर वडाहरुका बिषयमा विशेष छलफल गरिनेछ । निषेधाज्ञामा तोकिए बाहेकका समयमा समेत अनियन्त्रित बजार खुल्ने गरेपछि संक्रमण नियन्त्रणमा आउन नसकेको चर्चा चलेको छ । यस अघि असार १४ गते बसेको निर्देशन समितिको बैठकमा विषेश समीक्षा हुन जरुरी भएको विषयमा छलफल भएपछि समितिको बैठक पुन: बस्न लागेको हो । 

यसैबीच, इलाका प्रहरी कार्यालय पालुङले जिल्ला प्रशासन कार्यालयको निर्देशन पालना गरेर मात्र व्यवसाय संचालन गर्न बुधबार व्यवसायीहरुलाई अनुरोध गरिसकेको छ । 

Comments

KATHMANDU WEATHER