थाहानगर/१६ असार
लियो क्लव अफ थाहा पिसको वर्ष २०२१/०२२ का लागि अध्यक्ष पदमा कमल विष्ट निर्वाचित हुनु भएको छ ।
बुधबार भर्चुअल माध्यमबाट सम्पन्न साधारणसभाबाट विष्ट सर्वसम्मत निर्वाचित हुनु भएको हो । यसैगरी निर्वाचित पदहरु प्रथम उपाध्यक्षमा सुजिता केसी र दृतीय उपाध्यक्षमा कल्याणी बस्नेत निर्वाचित हुनु भएको हो । निर्वाचन मण्डलका तर्फबाट लियोका संस्थापक अध्यक्ष अनित विष्टले उहाँहरु यस भोटको विधिबाट निर्वाचित हुनु भएको घोषणा गर्नु भएको हो । यसैगरि नव निर्वाचित अध्यक्ष विष्टले सचिवमा निशा विष्ट र कोषाध्यक्षमा रोशनी गोपालीलाई मनोनित गर्नु भएको छ । उहाँहरुलाई आज राती १२ बजे नै पदस्थापन गर्ने जनाइएको छ ।
वर्ष २०२०/०२१ का अध्यक्ष सफल प्रधानको सभाध्यक्षतामा भएको साधारण सभामा लायन्स क्लव अफ थाहा पिसका सल्लाहकार भरत गोपाली, संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान, लायन्स क्लव अफ थाहा पिसका अध्यक्ष उद्दव विडारी, लियोका संस्थापक अध्यक्ष अनित विष्टले शुभकामना दिदै समाजमा लायन्स र लियोको महत्वका विषयमा प्रष्ट पार्नु भएको थियो । थाहानगरमा लायन्स र लियो पाँच वर्षअघि स्थापना भै विभिन्न सामाजिक क्रियाकलापहरुमा सकृय नेतृत्व प्रदान गर्दै आएको छ ।
-
5 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments