काठमाडौं/१६ असार
नेकपा एमालेको माधव नेपाल पक्षले बिहीबारका लागि स्थायी समिति बैठक बोलाएको छ ।
माधव पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले बिहीबार विकसित राजनीतिक घटनाक्रमबारे आफ्नो समूहको बैठक बसेर छलफल गर्ने जानकारी दिनुभयो ।
अध्यक्ष केपी शर्मा ओलीले बुधबार महाधिवेशन आयोजक कमिटीको बैठक राखेर जेठ २ को पार्टी संरचनामा असार १८ मा केन्द्रीय कमिटी बैठक बोलाउने तथा नेताहरूमाथि गरेको कारवाही खारेज गर्ने घोषण गर्नु भएपछि माधव समुहले आफ्नो पक्षको स्थायी समिति बैठक बोलाएको हो ।
बुधबार बालुवाटारमा बसेको बैठकले आठ जना नेतालाई स्थायी समिति सदस्यमा मनोनयन गर्ने समेत निर्णय गरेपछि अध्यक्ष ओली जेठ २ मा फर्कने भनेर प्रचार गरेपनि व्यवहारमा त्यस्तो नदेखिएको बताउनु भएको छ ।
Featured News
-
5 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments