Byroad News

Loading...

हेटौँडा अस्पताल आईपुग्यो अक्सिजन प्लान्ट


हेटौँडा अस्पताल आईपुग्यो अक्सिजन प्लान्ट

हेटौंडा/१६ असार
उद्योग संघ मकवानपुरको पहलमा निर्माण हुने अक्सिजन प्लान्ट हेटौँडा अस्पताल आईपुगेको छ ।दैनिक १ सय १० सिलिण्डर उत्पादन क्षमताको प्लान्ट हेटौँडा अस्पताल परिसरमा आईपुगेको हेटौँडा अस्पताल सञ्चालन तथा ब्यवस्थापन समितिले जनाएको छ ।

कोभिड–१९ संक्रमणको बिरामीलाई अक्सिजनको अत्याधिक आवश्यक परेपछि केहि समयअघि नेपालभर अक्सिजनको हाहाकार भएको थियो । 

बागमती प्रदेशको राजधानी समेत रहेको हेटौँडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौँडा अस्पतालमा पनि अक्सिजनको हाहाकार भएपछि उद्योग संघले अक्सिजन प्लान्ट निर्माण गरिदिने बताएको थियो । 

सोहि बाचा अनुसारको प्लान्ट हेटौँडा ल्यार्ईएको हो ।
यस अघि हेटौँडाको घरजग्गा ब्यवसायीले दैनिक १५ सिलिण्डर उत्पादन हुने अक्सिजन प्लान निर्माण गरिदिएका थिए ।

Comments

KATHMANDU WEATHER