Byroad News

Loading...

इन्द्रसरोवरमा एक पुरुषको शव भेटियो


इन्द्रसरोवरमा एक पुरुषको शव भेटियो

इन्द्रसरोवर/१६ असार
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ ।

गाउँपालिकाको वडा नंबर ३ को छुरीगाउँका स्थानीय अन्दाजी २५/२६ वर्षीय धनबहादुर भोम्जन (सागर) आफ्नो घरबाट एक किलोमिटर पूर्वमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक दासका अनुसार दिउँसो सिस्नेरी नजिक एक शव फेला परेको उक्त शवको बाहिरी भागमा कुनै चोटपटक देखिएको छैन ।

प्रहरीलाई स्थानीयले दिएको जानकारी अनुसार सागरले पछिल्लो समय बढी मादक पदार्थको सेवन गर्ने गरेका थिए । घटनाको आवश्यक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

Comments

KATHMANDU WEATHER