Byroad News

Loading...

कोभिड नियन्त्रणको अग्रपंक्तिमा खटिनेको सम्मानमा बनाएको चित्र दुई हप्तामै मेटायो


कोभिड नियन्त्रणको अग्रपंक्तिमा खटिनेको सम्मानमा बनाएको चित्र दुई हप्तामै मेटायो

काठमाडौं/१६ असार
रत्नपार्कको आकाशे पुलको पर्खालमा कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र काठमाडौं महानगरपालिकाले मेटाएको छ । चार जना कलाकार र तीन जना स्वयंसेवककले ६ दिन लगाएर जेठ ३० मा गरिएको पेन्टिङ महानगरपालिकाले बुधबार दिउँसो मेटाएको हो ।

कोरोना भाइरसको महामारीका बेला अग्रपंक्तिमा खटिनेहरुप्रति सम्मान व्यक्त गर्ने चित्र बनाउन दुर्जाङ शेर्पालाई काठमाडौं महानगरपालिकाको वडा नम्बर १८ को वडा कार्यालयले कोभिड १९ सम्बन्धी जनचेतनामूलक सन्देश सामग्री लेखन'का लागि अनुमति दिएको थियो ।

तर, वडा कार्यालयले त्यस्तो अनुमति दिन नपाउने भन्दै महानगरपालिकाले चित्र मेटाएको हो ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटा महानगरपालिकाका भित्तामा चित्र बनाउन, पम्प्लेट र पोस्ट टाँस्न र होर्डिङ बोर्ड राख्न मनाही गरिएको बताउनु भएको छ । 

कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर काम गर्नेहरुको सम्मानका लागि सो चित्र बनाएको कलाकारहरु बताउनु हुन्छ । चित्रमा मास्क लगाएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, प्रहरी, पाइलट, पत्रकार, शव व्यवस्थापकहरु देख्न सकिन्थ्यो ।

Comments

KATHMANDU WEATHER