थाहानगर/१६ असार
पर्सा प्रहरीले ४० किलो गाँजासहित दुई जना मकवानपुरेलाई पक्राउ गरेको छ।
गए राति पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ मकवानी चौरीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका-५ का ४० वर्षीय वीरबहादुर प्रजा र २० वर्षीय सोमलाल प्रजा रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले उनीहरू दुबै जना शंकास्पद रूपमा हिँडिरहेका अवस्थामा चेकजाँच गर्नेक्रममा गाँजा फेला परेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।
उनीहरूले तीन वटा बोरा राखेर बोकिरहेको अवस्थामा ४० किलो गाँजा प्रहरीले फेला पारेको हो ।
Featured News
-
5 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments