Byroad News

Loading...

सर्पले टोक्दा मकवानपुरे युवकको मृत्यु


सर्पले टोक्दा मकवानपुरे युवकको मृत्यु

बारा/१६ असार
बाराको निजगढमा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ ।

मकवानपुरको हेटौंडा उपमहनगरपालिका–१५ भोर्ले बस्ने २० वर्षीय सरोज बम्जनको मृत्यु भएको हो ।

बम्जन निजगढ नगरपालिका– १३ डमरपुर स्थित मामा घरमा बस्दै आएका थिए । बुधबार बिहान ३ बजे सर्पले कानमा टोकेपछि घाइते भएका उनलाई प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Comments

KATHMANDU WEATHER