Byroad News

Loading...

देवदहमा कार दुर्घटना हुँदा सहप्राध्यापक भण्डारीको मृत्यु


देवदहमा कार दुर्घटना हुँदा सहप्राध्यापक भण्डारीको मृत्यु

देवदह/१६ असार
रुपन्देहीको देवदह चरंगेमा कार दुर्घटना हुँदा त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक डा. शंकरप्रसाद भण्डारीको मृत्यु भएको छ ।

रुपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ जादै गर्दा आफैँले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी ५२ वर्षका भण्डारीको मृत्यु भएको हो । उहाँ नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ हुनुहुन्छ ।

वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार मंगलबार राति करिब साढे ८ बजे कार सडकको कल्भर्टबाट ३० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनापछि भण्डारीलाई बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल पुर्‍याइएको भए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।

कारमा सवार भण्डारीका आफन्त थानेश्वर भण्डारीलाई भने चोटपटक नलागेको प्रहरी निरीक्षक पन्थीले जानकारी दिनुभयो ।

उक्त सडक खण्डमा नयाँ चालक भएकाले सडकको अवस्था राम्रोसँग जानकारी नहुँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

यसअघि परीक्षा नियन्त्रण कार्यालयको सहनियन्त्रकको रुपमा काम गर्नु भएका भण्डारी अहिले त्रिभुवन विश्‍वविद्यालय खेलकुद निर्देशनालयका निर्देशक हुनुहुन्थ्यो ।

Comments

KATHMANDU WEATHER