Byroad News

Loading...

सवारी दुर्घटनामा चालकको मृत्यु,एक गम्भिर घाईते


सवारी दुर्घटनामा चालकको मृत्यु,एक गम्भिर घाईते

थाहानगर/१६ असार
मकवानपुरको मनहरीमा एक कुखुरा बोकेको बलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर एक जना गम्भिर घाईते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी-९ ज्यामिरेमा भएको उक्त सवारी दुर्घटनामा मृत्यु भएका अन्दाजी २५/३० वर्षीय चालकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।

प्रहरीले आज बिहान ७ बजे गस्ती गर्ने क्रममा सडकबाट करिब ७०/८० मिटर तल राप्ती खोला नजिक सवारी दुर्घटनाग्रस्त अवस्थामा भेटिएको निरीक्षक दासले बताउनु भयो ।

उहाँका अनुसार वीरगञ्जबाट मनहरीतर्फ जाँदै गरेको प्रदेश ३-०१-००२४ च १४३० नंबरको कुखुरा बोकेको बलेरो दुर्घटना भएको हो । दुर्घटनामा बोलेरोमा सवार बाराका महागढी नगरपालिका ४ का ३२ वर्षीय केदारनाथ थारु गम्भिर घाइते भएका छन् ।

घाइते थारुलाई उपचारको लागि भरतपुर पठाईएको प्रवक्ता दासले जानकारी दिनुभयो । 

Comments

KATHMANDU WEATHER