Byroad News

Loading...

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध


पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

दमौली/१६ असार
मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो ।

लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिनुभयो ।

उक्त सवारी हटाउन जेसीभीका लागि सडक कार्यालयसँग समन्वय गर्न खोजे पनि सम्पर्क हुन नसकेपछि स्थानीय व्यक्तिको जेसीभी ल्याएर काम गर्न सुरु भएको उहाँले बताउनु भयो ।

Comments

KATHMANDU WEATHER