हेटौंडा/१५ असार
पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीबाट अन्न्दाजी ४० किलो लागूऔषध गाँजासहित प्रहरीले मकवानपुरका दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ५ बस्ने १९ वर्षीय सोमलाल प्रजा र सोही ठाउँ बस्ने ३९ वर्षीय बीरबहादुर प्रजा रहेका छन् ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषधसहित सोमबार पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाएको जनाएको छ ।
Featured News
-
3 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments