Byroad News

Loading...

बागमती प्रदेश सभा बैठक असार १७ गते बस्ने


बागमती प्रदेश सभा बैठक असार १७ गते बस्ने

हेटौंडा/१५ असार
बागमती प्रदेशसभाको बैठक आगामी असार १७ गते बस्ने भएको छ ।

बैठक असार १७ गते दिनको ३ बजे बस्ने भएको बागमती प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा गत असार १ गते प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ल्याएको बजेटमाथि छलफल हुने कार्यसूची रहेको बागमती प्रदेशसभा सचिवालयका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

असार १७ गते बस्ने बैठकको तयारीका लागि भोलि असार १६ गते बिहान ११ बजे कार्य परामर्श समितिको बैठक बस्ने भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनु भयो ।

बागमती प्रदेशसभाको बैठक यसअघि असार १ गते विभिन्न समितिको प्रतिवेदन, बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले राजश्व संकलन, आय–व्यायको प्रस्ताव छलफलको लागि टेबुल गरेसँगै सभामुख श्रेष्ठले अनिश्चितकालका लागि स्थगित गर्नु भएको थियो ।

Comments

KATHMANDU WEATHER