Byroad News

Loading...

थाहामा कोरोना: फेरि सक्रिय संक्रमितको संख्या ४८८ पुग्यो, थप एकको मृत्यु


थाहामा कोरोना: फेरि सक्रिय संक्रमितको संख्या ४८८ पुग्यो, थप एकको मृत्यु

थाहानगर/१५ असार
थाहानगरमा निको हुनेको संख्या बढ्दै केही सकारात्मक आशा जागेकोमा फेरि सक्रिय संक्रमितको संख्या ४८८ पुगेको छ ।

मङ्गलबार १७ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ९ जनामा संक्रमण पुष्टि भएसङ्गै ४८८ जना पुगेको हो । 
यसैबीचमा, कोरोना संक्रमित भै थप एक जनाको मृत्यु भएपछि स्वास्थ्य शाखाको अभिलेख अनुसार ११ जनाको मृत्यु भैसकेको छ ।

हालसम्म कुल १८०१ जनामा परिक्षण गरिएकोमा ८४३ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ३४४ जना निको भएका छन् । १० जना बज्रबाराही आइसोलेसनमा छन् । २५ जनाको थाहानगर बाहिर उपचार भैरहेको छभने ४५४ जना होम आइसोलेसनमा छन् ।

Comments

KATHMANDU WEATHER