Byroad News

Loading...

घाइतेको उपचारका लागि काङ्ग्रेसको सहयोग


घाइतेको उपचारका लागि काङ्ग्रेसको सहयोग

थाहानगर/१५ असार
घाँस काट्न रुखमा चढ्दा रुखबाट लडेर गम्भीर घाइते हुनु भएका थाहा नगरपालिका ४ की शारदा अधिकारीको उपचारका लागि नेपाली काङ्ग्रेसको अगुवाइमा सहयोग प्रदान गरिएको छ ।

उहाँलो स्पाइनल इन्जुरी हस्पिटल काठमाडौंमा उपचार भइरहेको छ । उहाँको ढाडमा गहिरो चोट लागेको थियो । 'नेपाली काङ्ग्रेस दु:खको साथी' अभियान सुरु गरि थाहा ४ वडा इकाइ समिति र नेपाल महिला संघको अगुवाइमा सहयोग अभियान सुरु गरिएको श्रीकृष्ण केसीले जानकारी दिनु भयो । 

सहयोग अभियान अन्तर्गत अधिकारीलाई ७४ हजार ४१५ सहयोग हस्तान्तरण गरिएको केसीले बताउनु भयो ।

Comments

KATHMANDU WEATHER