Byroad News

Loading...

स्वीडेनका प्रधानमन्त्रीद्वारा राजीनामा


स्वीडेनका प्रधानमन्त्रीद्वारा राजीनामा

एजेन्सी/१४ असार
स्वीडेन प्रधानमन्त्री स्टेफन लोफभेनले पदबाट राजीनामा दिनु भएको छ ।

अघिल्लो सोमबार संसदमा अविश्वासको प्रस्तावमाथी मतदान हुँदा विश्वासको मत प्राप्त गर्न नसकेपछि काम चलाउ प्रधानमन्त्रीको हैसियतमा जिम्मेवारी सम्हाल्दै आउनु भएका उहाँले पदबाट राजीनामा दिएको घोषणा गर्नु भएको हो । 

नियमित निर्वाचन हुनुभन्दा एक बर्ष अगाडि उहाँले विश्वासको मत गुमाएर राजीनामा दिनु परेको हो । यसलाई स्वीडेनमा विषेश अवस्था मानिएको छ ।

कोरोना भाइरसको महामारी चलिरहेका बेला मुलुक निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै चिन्ता पनि व्यक्त भइरहेको छ ।

‘महामारीको बेलामा निर्वाचनमा जानु गम्भीर चुनौतीपूर्ण अवस्था हो, यो स्वीडेनका लागि राम्रो होइन,’ प्रधानमन्त्री लोफभेनले सोमबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ।

उहाँले राजीनामा दिनुभएसँगै सभामुखले नयाँ प्रधानमन्त्री चयनका लागि प्रक्रिया अगाडि बढाउने हुनुभएको छ । संसदमा बहुमत सिद्ध गर्न सक्ने व्यक्तिलाई प्रधानमन्त्री बनाउनु पर्ने कानुनी व्यवस्था अनुसार नेताहरूले गृहकार्य थालिसकेको जनाइएको छ ।

नयाँ सरकार नबन्दासम्म भने अहिलेकै सरकारले काम चलाउ सरकारका रूपमा पनि काम गरिरहने व्यवस्था रहेको छ । अघिल्लो सोमबार संसदमा भएको मतदानका क्रममा बहुमत सदस्यहरूले उहाँलाई विदा गर्ने पक्षमा मत मतदान गर्नु भएको थियो ।

मतदानमा सहभागीमध्ये १८१ जनाले अविश्वासको प्रस्तावको समर्थनमा मतदान गर्नु भएको थियो भने प्रस्तावको विपक्षमा र प्रधानमन्त्रीको पक्षमा भने १७५ जनाको मत परेको थियो । स्वीडेनको संसदमा अहिले ३४९ जना सांसद हुनुहुन्छ । तीमध्ये १०९ जनाले मतदान गर्नु भएन भने ५१ जना अनुपस्थित हुनुहुन्थ्यो ।

स्वीडेनको संसदले लिएको यो निर्णयले विघटन हुने खतराबाट संसद जोगिएको छ । संसद विघटन भएको भए निर्धारित समयभन्दा एक बर्ष अगाडि नै आम निर्वाचनमा जानुपर्ने अवस्था आउने थियो ।

विपक्षीहरुले अविश्वासको प्रस्ताव पेश गरेपछि विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त हुने उहाँ स्वीडेनको पहिलो प्रधानमन्त्री हुनु भएको छ । वामपन्थी कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लोफभेनको सरकार अल्पमतमा परेको हो ।

अर्पाटमेन्टका सम्वन्धमा भएको विवादका कारण उहाँहरुले समर्थन फिर्ता लिनु भएको हो । समर्थन फिर्ता नलिनका लागि प्रधानमन्त्री लोफभेनले पटक पटक आग्रह गर्दा पनि उहाँहरुले अस्वीकार गर्नु भएपछि संसदमा मतदान गराउनु परेको हो ।

Comments

KATHMANDU WEATHER